काठमाडौं । मार्सल आर्ट खेल्ने होस वा फुटबल । प्राय: सबै खेलका खेलाडीहरुको एउटै मात्र लक्ष्य हुन्छ, राष्ट्रिय टिममा पर्नु ।
उत्कृष्ट प्रदर्शन गर्नु त छदैछ त्यसमाथि सर्वोत्कृष्ट खेलाडी बन्नु कमै मात्र सफल हुन्छन् । खेलकुदमा लागेपछि राष्ट्रिय झण्डा अकिंत जर्सी लगाउँदै मैदानमा उत्रदा त्यो जतिको गर्व एक खेलाडीले शब्दमा वर्णन गर्न सक्दैनन् ।
केही महिना मात्र नेपालका बडि बिल्डर महेश्वर महर्जनले थाइल्याण्डमा भएको विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्दा आँखाबाट हर्षमिश्रित आशुका ढिक्का नै खसाए । त्यतिबेला उनले भनेका थिए, ‘मैले स्वर्ण पदक जित्दा नेपालको झण्डा विदेशी सामु फर्फराउँदा जति मेरो छाती गर्वले फुलेको थियो, त्यो म जिवनमा कहिलै भुल्न सक्दिन् ।’
यस्तो सौभाग्य नेपालका कमै खेलाडीले मात्र हासिल गरेका छन् ।
तेक्वान्दोका दिपक विष्ट, संगिना वैद्य, सविताराज भण्डारी, प्याराग्लाइडिङको टिम, शारीरिक सुगठनलगायतका खेलाडीहरुले विदेशी भुमिमा स्वर्ण, रजत र कास्य पदक जित्दै नेपाललाई गर्व महसुस दिलाइसकेका छन् । त्यस्तै नेपाली क्रिकेटले झन एक दिवसियको मान्यता पाउँदै अर्को इतिहास नै रचिदियो ।
स्वर्णिम अक्षरले आफ्नो नाम नेपाली खेलकुदको इतिहासमा लेख्ने कमै खेलाडीले मात्र अवसर पाउँछन् । तर, केही खेलाडी उत्कृष्ट छदा-छदै पनि राष्ट्रको झण्डा फहराउने अवसर नै पाएनन् । उनी हुन् स्ट्राइकर कर्ण लिम्बु । मोफसल क्लब झापा एघारका कप्तान तथा भरपर्दा खेलाडी हुन् लिम्बु ।
‘भाग्यलाई दोश दिउ की आफ्नो प्रदर्शनलाई’ सन् २०१२ मा भएको यमनविरुद्ध राष्ट्रको प्रतिनिधित्व गर्ने मौका पाएका लिम्बु केही मिनेट मैदानमा रहँदै बाहिरिए । उनले भने, ‘त्यो नै मैले राष्ट्रिय टिमको जर्सी लगाएर मैदानमा छिरेको पहिलो र अन्तिम खेल हो ।’
‘म त्यो क्षण सम्झिनै चाहन्न, राष्ट्रिय लिगको सर्वोत्कृष्ट गोलकर्ता भएर पनि राष्ट्रिय टिम नपर्नुमा दुर्भाग्य भन्दिन्, विश्वमा नै उत्कृष्ट गोलकर्तालाई राष्ट्रिय टिममा खेलाइन्छ, तर नेपालमा मलाई त्यो अवसर दिएन, दुःख लाग्छ यो कुरा सम्झिदा, सायद मेरो प्रदर्शनमा नै केही कमी कमजोरी थियो की ?’, उनले लोकपथलाई भने ।
लिम्बुले भने, ‘फुटबल भनेको सेन्स र माइन्डले खेल्ने हो, हाइटले होइन ।’ साथै उनले उत्कृष्ट खेलाडीलाई चिन्न नसक्नु प्रशिक्षकको गल्ती रहेको समेत जानकारी दिए ।
झापाको चन्द्रनगरबाट फुटबल जीवन शुरुवात गरेका लिम्बुको फुटबल प्रतिको लगाव अरु खेलाडीको भन्दा केही फरक छ ।
‘पहिले हाम्रो पालामा टाइम पास गर्ने केही थिएन्, जंगलमा गाई, बाख्रा चढाउन जाँदा सबै साथीहरुसँग मिलेर प्लास्टिकको बल बनाएर फुटबल खेल्थ्यौं, त्यसपश्चात नै मैरो फुटबल प्रतिको लगाव बढ्दै गएको हो, स्कुलमा हुने वार्षिक उत्सवका बेलामा के खेल्ने भन्दा फुटबल नै रोज्थे’, उनले लोकपथलाई बताए ।
साथै उनले खेलकुदमा लागेपछि पहिलो रमपम गोल्डकप फुटबललाई कहिलै बिर्सन नसक्ने पनि बताए ।
‘त्यो गोल्डकपमा मैले निक्कै दुःख र मिहिनेत गरेको थियो, भुटानमा नेशनल लिग खेल्न गएको थिए, रातारात भोलीपल्ट नेपाल आएर सेमिफाइनल खेल पनि खेले र आफ्नो क्लबलाई फाइनलसम्म पु-याए । त्यतिबेला हामीले ‘ए’ डिभिजन क्लब थ्रीस्टार क्लबलाई पराजित गरेको थियो’, उनले थपे ।
सन् २०१२ देखि २०१५ सम्म मछिन्द्र क्लबबाट व्यवसायिक क्लब खेल खेलेका लिम्बुले त्यसयता झापा एघारबाट खेल्दै आइरहेका छन् । मछिन्द्रमा रहँदा उनले ११ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड समेत हात पारे ।
‘आफ्नो घरेलु क्लबबाट खेल्न पाउँदा निक्कै खुशी छु, छिमेकी दाजुभाई, साथीहरु, आफन्त र घरेलु दर्शकको वाहवाही पाउँदा क्षण विर्सनै सक्दिन्’, उनले भने ।
मोफसलको चर्चित क्लब झापा एघार ‘ए’ डिभिजन लिगमा छैन । तर, प्रमुख स्ट्राइकर लिम्बुले पनि ‘ए’ डिभिजन लिग खेलिसकेका छन् । गोल मेसिनको रुपमा परिचित लिम्बुले भखर्रै सम्पन्न लिगमा हिमालयन शेर्पा क्लबबाट व्यवसायिक खेल खेले ।
उनले भने, ‘मैले यसपालीको लिगमा कुनै चाम नै देखिन, मोसफल खेलमा नै दर्शकहरुको खचाखच उपस्थिती त्यसमा हाइहाइ र हुइ हुई हुन्थ्यो, राष्ट्रिय लिग जस्तो प्रतियोगितामा दर्शकको उपस्थिति नै छैन, दर्शकको उपस्थिति गन्ने हो भने सय जना पनि छैन, रेलिगेशनबिनाको लिग भएकोले पनि होला मैले दर्शकको खासै उपस्थिति देखिन्, दर्शक नहँदा खेलाडीलाई खेल्ने जोश पनि नआउदो रहेछ ।’
मोफसलमा दर्शकलाई बाह्रौँ खेलाडीको रुपमा लिएपनि ‘ए’ डिभिजन लिगमा भने खासै वास्ता गरिएन ।
उनले मोफसल फुटबल विकाशमा निक्कै महत्वपूर्ण योगदान पु-याएका छन् ।
‘प्रतियोगिता खेल्न जाँदा प्राय सबै ठाँउमा कर्ण लिम्बु जस्तो फुटबल खेलाडी बन्छु भन्दै केही बुवाआमाहरुले म सँग भन्छन्, कसैले तपाई जस्तै खेलाडी बन्छु भन्दै अटोग्राफ लिन्छन, यो नै हो मेरो सफलता, म पनि कसैको लागि एक उदाहरणी र प्रेरणादायी व्यक्ति बनेको रहेछु’, उनले बताए ।
साथै, उनले शरीरले जवसम्म साथ दिन्छ त्यतिबेलासम्म फुटबल खेल्ने पनि उनले बताए । ‘म खेल पछि पनि खेलकुदमा नै सक्रिय हुन्छु, खेलाडी होस् वा प्रशिक्षक भनै प्रतियोगिताको आयोजक भएर पनि फुटबलमा नै जीवनको अन्त्य गर्न मेरो लक्ष्य रहेको छ’, उनले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया