आर्थिक मामिला मन्त्रीले सचिवलाई झापड हाने, यस्तो छ कारण

काठमाडौं । प्रदेश २ का आर्थिक मालिम तथा योजना मन्त्री विजकुमार यादवले आफ्नै कार्यकक्षमा वन वतावरण पर्यटन तथा उद्योग मन्त्रालयका सचिवलाई झापड हानेका छन् । 

आइतवार दिउँसो प्रदेश २ का वन वतावरण पर्यटन तथा उद्योग मन्त्रालयका सचिव विद्यानाथ झालाई आर्थिक मामिला मन्त्री यादवले झापड हानेका हुन् । 

आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले सचिव झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका हुन्। साथै सचिव झाको अनुहार सुन्निएको छ।  

कार्यकक्षमा यादवले दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेका  सचिव झाले बताए । 

सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त मन्त्री यादवले भने सचिवलाई कुटपिट नगरेको अस्वीकार गरेका छन् । 

घटनाको थप विवरण आउँन बाँकी रहेको श्रोतले जनाएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?