काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार एसीसी क्रिकेटमा नेपालको जितसँगै खेलाडीहरुलाई बधाई दिँदै मुख्यमन्त्री पाण्डेले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री पाण्डेले यही आर्थिक वर्षको बजेटबाट पूर्वाधार निर्माणको काम शुरु गर्ने बताए ।
‘प्रदेशभित्र अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि यही वर्षबाट आवश्यक बजेट विनियोजन गरि पूर्वाधार निर्माणको काम थालनी गर्ने प्रतिवद्दता जनाउँदछु ।’ उनले भनेका छन् ।
कमजोर पूर्वाधारकाबीच नेपालले उच्चस्तरीय प्रदर्शन गरेको बताउँदै क्रिकेटको विकासका लागि सरकारको नेतृत्वका हिसावले नयाँ अठोट लिएको बताए ।
‘जित सारा नेपालीको भावनासँग जोडिएको छ । कमजोर पूर्वाधारका बीच यति उच्चस्तरीय प्रदर्शनबाट पुलकित भएको छु । साथै गण्डकीको क्रिकेट विकासका लागि सरकारको नेतृत्वका हिसाबले केही नयाँ गर्ने अठोट लिएको छु ।’ उनले भनेका छन् ।
आज भएको खेलमा नेपालले युइएलाई ७ विकेटले पराजित गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया