हिन्दू राष्ट्र पुनःस्थापनाकाे एजेण्डामा राप्रपाले थाल्यो घरदैलो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

सम्पूर्ण नेपालीको घरमा पार्टीको एजेण्डा पुर्याउने उद्देश्यले घरदैलो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कमल थापाले बताए । मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, अपहरण, महङ्गी अन्त्यका लागि घरदैलो कार्यक्रम गर्न लागिएको उनको भनाई छ । 

‘जनतालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने प्रचलन बढ्दै गएको छ, त्यसैले घरदैलो कार्यक्रम आवश्यक छ,’ अध्यक्ष थापाले भने । उनले धर्म निरपेक्षको फोहरलाई सफा गरेर राजनीतिक तवरबाट नै हिन्दू राष्ट्र पुनःस्थापना गराउनुपर्ने भएकाले पार्टीले हिन्दू राष्ट्रलाई मुख्य एजेण्डा बनाएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?