टी-२० महिला क्रिकेट : नेपाल युएईलाई हराउँदै सेमिफाइनलमा पुग्ने दाउमा

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगिता अन्तर्गत आज ‘सोमवार’ नेपालले सयुक्त अरब इमिरेट्स ‘युएई’को सामना गर्दैछ । 

आफ्नो तेस्रो खेल खेल्ने क्रममा आज नेपालले युएईलाई पराजित गरेमा सेमिफाइनलको यात्रा तय गर्नेछ । यसअघि खेलको दुवै खेलमा स्पष्ट जीत निकालेको नेपाल युएर्ई पराजित गर्ने रणनीतिका साथ मैदानमा उत्रने प्रशिक्षक बिनोद दासले लोकपथलाई बताए । 

‘अघिल्लो दुवै खेलमा हामीले उत्कृष्ट नतिजा सहित जीत निकाली सकेका छौँ, पहिलेको लयलाई निरन्तरता दिदैं आज हुने युएईविरुद्धको खेलमा पनि राम्रो नतिजा निकाल्नेमा म आशावादी छु’, उनले भने । 

नेपाल र युएईबीचको खेल स्थानिय समयअनुसार १२ बजेपछि शुरु हुनेछ । नेपालले यसअघि खेलेको पहिलो खेलमा चीनलाई १० विकेटले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

समूह ‘बी’मा रहेको नेपालले ४ अंक बनाउँदै अघिल्लो चरणको यात्रालाई बलियो बनाइसकेको छ । 

या प्रतियोगिताको उपाधि दावेदार मानिएको युएई पनि सेमिफाइनल नजिक पुगेको छ । जारी प्रतियोगितामा खेलको दुई खेलमा जित निकालेको युएईको पनि समान ४ अंक नै छ । यु्एईले थाइल्याण्डको ‘ए’ टिम र चीनलाई हराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?