एजेन्सी । वायर्न म्युनिखले जर्मन टेलिकम कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आइतवार राति सम्पन्न भएको फाइनल खेलमा वायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाचलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।
प्रतिस्पधात्मक र रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रकेरबाट गरिएको थियो ।
टाइब्रेकरमा वायर्न म्युनिखका लागि म्याट हुमेल्स, जेम्स रोड्रीगेज, थियागो र गोर्टेज्काले गोल गरेका थिए । उपाधिसँगै वायर्न म्युनिखले यो सिजनको पहिलो उपाधि जितेको हो । वायर्न म्युनिखले यो प्रतियोगिताको उपाधि जितेको पाँचौ पटक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया