दुई दिन जमुनाहा नाका बन्द

लोकपथ
0
Shares
तस्वीर गूगल

नेपालगञ्ज । नेपाल भारत सीमा जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ ।

यही वैशाख २१ गते भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन स्थानीय निर्वाचन हुने भएकाले निर्वाचन हुने समय भन्दा ४८ घण्टाअघि वैशाख १९ गते बेलुका ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म सीमा बन्द भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए ।

उनले त्यसक्रममा हरियो तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शवबाहन बाहेक अन्यको हकमा आवतजावत बन्द रहने बताए । निर्वाचनका बेला हुनसक्ने आपाराधिक घटनालाई लक्षित गरेर दुवै देशले सीमा बन्द गर्दै आएका छन । यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चाय, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालसहित सुरक्षाकर्मीको टोली दुई पक्षीय बैठकका लागि भारत गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?