इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेडद्वारा टोट्नह्याम स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । 

आइतवार राति सम्पन्न भएको २२ औँ चरणको खेलमा लिगको छैटो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले टोट्नह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडका लागि मार्कुस राष्फोर्डले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

उनले खेलको ४४ औँ मिनेटमा पाउल पोग्बाले दिएको पासलाई सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाए । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयसम्म टोट्नह्यामले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहोर्यो । 

अन्तरिम प्रशिक्षक ओले सोल्सायर आएपछि युनाइटेडको जितेको यो छैटो खेल हो । जितपछि म्यान्चेस्टर युनाइटेडले लिगको पाँचौ स्थानमा रहेको आर्सनलसँग अंक बराबरी बनाएको छ । समान ४१ अंक बनाएको आर्सनल गोल अन्तरको आधारमा अघि रहँदै एक स्थानमा माथि रहेको छ ।

४८ अंक बनाएको टोट्नह्याम लिग तालिकाको तेस्रो स्थानमा यथावत छ ।

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा लिगको दशौं स्थानमा रहेको इभर्टनले बर्नेमाउथलाई २-० गोल अन्तरले पराजित ग-यो । जीतपछि इभर्टनले ३० अंक बनाएको छ । ५७ अंक बनाएको लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ५० अंक छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?