काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीको लाईसेन्सको लागि थप १३ वटा कम्पनीहरुलाई आसय पत्र प्रदान गरेको छ ।
बोर्डले २०७९ असोज दुई गते ३० दिनको समय तोकेर ब्रोकर कम्पनीको लाईसेन्सको लागि आवेदन माग गरेको थियो । सोही माग बमोजिम व्यक्तिगत तथा संस्थागत समेत गरी ४५ वटा कम्पनीहरुले नयाँ ब्रोकर कम्पनीको लागि आवेदन दिएका थिए ।
जसमध्ये १६ वटा कम्पनीलाई यसअघि नैं आसयपत्र प्रदान गरेको बोर्डले बुधबार साँझ बैठक बसेर थप १३ वटा कम्पनीहरुलाई आसय पत्र प्रदान गरेको हो ।
पछिल्लो पटक थप भएका समेत गरी अब नयाँ ब्रोकर कम्पनीको लागि आसय पत्र पाउने कम्पनीको संख्या २९ वटा वुगेको छ । बोर्डका अनुसार पछिल्लो पटक सनराईज सेक्युरिटिज लिमिटेड, जेविएनएल सेक्युरिटिज लिमिटेड, शेयर प्रो सेक्युरिटिज लिमिटेड, स्टक्सकार्टस सेक्युरिटिज लिमिटेड, प्रोपर्टि बिजार्ड लिमिटेड, क्यापिटल हब प्राली, मिल्की वे सेयर ब्रोकर कम्पनी, ब्लुचिप सेक्युरिटिज लिमिटेड, गरिमा सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट प्राली, मनी वल्र्ड शेयर एक्सचेन्ज प्राली, शुभकामना सेक्युरिटिज प्रालि र मियो सेक्युरिटिज लिमिटेडले ब्रोकर कम्पनीको लागि आसयपत्र पाएको हो ।
यसअघि भने नविल सेक्युरिटिज लिमिटेड, मेघा स्टक मार्केट लिमिटेड, हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड, सिबिआईएल सेक्युरिटिज लिमिटेड, केविएल सेक्युरिटिज लिमिटेड, एनएमबी सेक्युरिटिज लिमिटेड, आरबिबि सेक्युरिटिज कम्पनी लिमिटेड, सानिमा सेक्युरिटिज कम्पनी लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, सन् सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज प्राली, भोले गणेश सेक्युरिटिज लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, आकाश भैरब सेक्युरिटिज लिमिटेड, एलिट स्टक हाउस लिमिटेड र एसपिएसएस सेक्युरिटिज लिमिटेड सहितका १६ वटा कम्पनीहरुले आसपत्र पाईसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया