मन्त्रीको कुटाई खाएका सचिव विरामी, अस्पताल भर्ना

काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन्  । 

सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना गरिएको हो । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले  आइतवार दिउँसो आफ्नै कार्यकक्षमा आफूलाई कुटपीट गरेको सचिव झाको आरोप छ । 

झाको परिवारको कुटपिटबाट उनी घाइते भएका थिए । झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना गरिएको परिवार श्रोतले जनाएको छ । 

श्रीमती अनामिकाले झाको अस्पतालको उपचार भइरहेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेकी छन् ।

आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।

सचिव झालाई कुटपीट गरेको घटनाको विषयमा छानबिन शुरु गरिएको छ । 

घटना पश्चात् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानबिन शुरु गरेको हो । सोमबार टोलीको बैठक बसेर दुवैपक्ष र घटना स्थलमा रहेका प्रत्यक्षदर्शीहरुसंग बुझ्ने काम शुरु गर्ने टोलीका सदस्य समेत रहनु भएका प्रदेश २ का मुख्य सचिवालयले जानकारी दिएको छ ।

घटनाको छानबिन गरी सातदिन भित्र प्रतिवेदन तयार गरेर बुझाइउने मुख्य सचिवालयले दाबी गरेको छ । तीन सदस्य छानविन टोलीको संयोजकमा कानुनमन्त्री यादव, सदस्यमा मुख्य सचिव सुवेदी र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव हरी फँयाल सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?