महिला टी-२० क्रिकेट : युएईद्वारा नेपालसामु १ सय ६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स ‘युएई’ले नेपालसामु १ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बैंकक क्रिकेट मैदानमा सोमवार भएको तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५ रनको योगफल तयार पारेको थियो । युएईका लागि छाया मुगालले सर्वाधिक ३१ रन जोडिन् ।

त्यस्तै इशा ओजाले २८ रन तथा चमानी सिनेभिरात्नेले नटआउट २३ रन जोडिन् । यता नेपालका लागि सोनु खड्का, सिता राना मगर र करुणा भण्डारीले समान एक-एक विकेट लिईन् ।
यता सरिता मगरले इश्नी सेनाभीराप्नेलाई तथा काभिसा कुमारीलाई डोली भट्टले रनआउट गरेकी थिइन् ।

यसअघि नेपालले चीन र मलेसियालाई हराउँदै ४ अंक जोडेको थियो । युएईविरुद्धको खेल नेपालले जितेमा सेमिफाइनलको यात्रा तय गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?