कामना सेवा र मनकामना अस्पतालबीच सम्झौंता

लोकपथ
98
Shares

काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुरबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले भरतपुरको चितवन स्थित मनकामना अस्पतालले प्रदान गर्ने ओपिडि सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटि शुल्क, सिटि स्क्यान, आईसियु।, लगायत एनआईसियु, एचडियु-नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २० प्रतिशतसम्मको र बैंकका ग्राहकहरुले १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?