काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैंकले यसअघि पुस २३ गते तीन अर्ब २५ करोड बराबरको २८ दिने र एक अर्ब बराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गरेको थियो ।
सरकारलाई आवश्यकपर्ने अल्पकालीन खर्च जुटाउन यस्तो बिल बिक्री गर्ने गरिन्छ ।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई खरीद प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया