औषधी चोरी गर्दा कर्मचारी रङ्गेहात पक्राउ

डोल्पा । डोल्पाका स्वास्थ्य कार्यालयका दुई कर्मचारी औषधी चोरी गरिरहेका बेला रङ्गेहात पक्राउ परेका छन् । स्टोर किपर बिदामा रहेको मौका छोपेर आफ्नै कार्यालयबाट औषधी चोरिरहेका संजयकुमार मण्डल र दयानन्द गौडलाई गस्तीमा रहेको प्रहरीले पक्राउ गरेको हो । 

मण्डल र गौडले आफूमाथि लागेको आरोप झुट भएको बताएपनि स्टोर किपरको बयान अनुसार कार्यालयको स्टोर खोलेर हेर्दा गलत नियतले नै औषधी प्याक गरिएको प्रमाणित भएको छ ।

संजयकुमार मण्डाल औषधी चोरिरहेको अवसथामा भेटिएकाले प्रहरीले उनलाई एक रात थुनामा राखेर स्वास्थ्यकै कर्मचारीको जिम्मामा छोडेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

कार्यालयमा आउने सबै औषधीको डाटा अनलाइन सिस्टममा राखिने भएकोले औषधीलाई कार्टुनमै राखिन्छ त्यसैले बोरामा औषधी प्याक गर्नु शंकास्पद भएको र  स्टोरको ताला सबै तोडिनुले पनि कर्मचारीहरुले नै चोरी गरेको भन्ने स्टोर किपर देबबहादुर बिसिको दाबी छ ।

यद्यपी, प्रहरीको रिपोर्टमा ढोकाको चुकुल कम्जोर भएकाले बच्चाले खोलेको भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?