प्रहरीमा बढुवाको बाटो खुल्यो

काठमाडौ–सेवा अवधि नपुगेपछि एसएसपी बढुवा रोकिएको लामो समयपछि मन्त्रिपरिषदको आइतबार बसेको बैठकले नेपाल प्रहरीको नियमावली संसोधन गरेको छ । नियमावली संसोधनपछि बढुवामा देखिएको ब्यवधान अन्त्य भएको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

सरकारले यसअघि डिआईजीसम्म बढुवा गरेको भएपनि प्रहरी निरीक्षकदेखि प्रहरी नायव महानिरीक्षकसम्मको सेवा अवधि नपुगेको भन्दै बढुवा रोकिएको थियो ।

प्रहरीमा अधिकृत स्तरका कर्मचारीको बढुवाकालागि कम्तीमा ४ बर्ष एउटा पदमा बसेर काम गरेको हुनुपर्ने प्रावधान यस अघिको नियमावलीमा ब्यवस्था गरिएको थियो ।

मन्त्रिपरिषदको बैठकले प्रहरीको अधिकृत तहमा एउटै पदमा तीन बर्ष काम गरेपछि त्यो भन्दा माथिल्लो पदमा बढुवाकोलागि योग्य हुने गरी नियमावली संसोधन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?