प्रदेश ३ भलिबल टोलीको बिदाइ

काठमाडौं । पोखरामा मंगलवारदेखि शुरु हुने दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागी हुने प्रदेश ३ टोलीलाई बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदिल शाहीले टोलीलाई लैनचौरस्थित प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । 

न्यु डायमन्ड एकेडेमीका कुमार राई प्रशिक्षक रहेको प्रदेश ३ टोलीमा अधिकांश खेलाडी न्यु डायमन्डकै रहेको प्रदेश ३ का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । टोली सोमबार पोखरा प्रस्थान गरिसकेको छ ।

प्रदेश ३ ले प्रतियोगिताको पहिलो दिन मंगलबार नेपाल आर्मी विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?