एक दिने विशेष कराँते प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । कराँते प्रशिक्षकहरुलार्य लक्षित गर्दै आयोजना गरिएको एकदिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल सितोरियो कराँते सँघ, शाखा डोजो नक्सालमा एक विशेष कराँते प्रशिक्षण कार्यक्रम सकिएको हो । 

नक्सालका प्रशिक्षक, सहायक प्रशिक्षक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुका साथै बंगलादेशका खेलाडीहरु सहित करिब एक सय पचास जना सहभागी भएको उक्त विशेष प्रशिक्षणलाई जापानका ग्राण्ड मास्टर मसाया कोहामाले प्रशिक्षण दिएका थिए । 

कोहामाको प्रमुख आतिथ्य एबम् नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक गजेन्द्र बहादु, खपाँगीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा बंगलादेशका प्रशिक्षक सफिकुल ईस्लाम, सोतोकान कराँतेका प्रशिक्षक कृष्ण मानन्धर , नक्साल डोजोका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

जापानी ग्राण्ड मास्टर कोहामाले सहभागी सम्पूर्ण खेलाडीहरुलाई परिवर्तित नयाँ नियम तथा नयाँ टेक्निकको बारेमा जानकारी दिएका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?