खुला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु हुँदै

काठमाडौं । आज ‘मंगलवार’देखि खुला महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता शुरु हुँदैछ । 

नेपाल ह्याण्डबल संघको आयोजनामा हुने यो प्रतियोगिताको सम्पूर्ण खेल कपनस्थित ह्याण्डबल खेल मैदानमा हुनेछ । नेपाल ह्याण्डबल संघका वरिष्ठ उपाध्यक्ष एवम प्रतियोगिता संयोजक राम कृष्ण केसीका अनुसार प्रतियोगितामा पुरुष/महिलातर्फ समान ३ टिमको सहभागिता रहने छ ।

दुवै समूहका विजेतालाई २० हजार र उपविजेतालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष एवम आर्थिक संयोजक राजन पोखरेलले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख खर्च लाग्ने उपाध्यक्ष पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?