अस्ट्रेलियन ओपन टेनिस : सेरेना दोस्रो चरणमा प्रवेश

एजेन्सी । अमेरिकी सेरेना विलियम्स यो सिजनको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन टेनिस च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेकी छिन । 

मंगलवार भएको महिला एकलतर्फको पहिलो चरणको खेलमा अमेरिकी सेरेनाले जर्मनीकी तात्जना मारियालाई २-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकी हुन् । उनले मारियालाई खेलको पहिलो सेटमा ६-० र दोस्रो सेटमा ६-२ ले हराइन् ।

मारियालाई पराजित गर्न सेरेनाले ४९ मिनेट समय कोटमा बिताएकी थिइन् । आफ्नो २४ औँ ग्राण्डस्लाम जित्ने तयारीमा रहेकी सेरेनाले क्यानडाकी युगिनिक बौचार्ड र चिनकी पेङग सुईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । 

त्यस्तै मेलबर्न पार्कमा भएको अर्को खेलमा बेलायतकी जोहन्ना कोन्टाले अस्ट्रेलियाकी एज्ला तोम्लजानोभिचलाई ७-६, २-६ र ७-६ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गदै अघिल्लो चरणको यात्रा तय गर्न सफल भइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?