भारतमा कुम्भ मेला शुरु, पहिलो दिनको शाही स्नानमा एक करोड भक्तजन सहभागी

काठमाडौं । संसारको सबैभन्दा ठूलो मानिने कुम्भ मेला भारतमा शुरु भएको छ । 

पहिलो शाही स्नान गरेसँगै मेलाको शुरुवात भएको हो । ४९ दिनसम्म चल्ने यो मेलाको समापन आगामी माच ४ तारिखमा हुनेछ । कुम्भ मेलाका दौरान आठ मुख्य पर्वमा शाही स्नान हुनेछ । शाही स्नान हेर्नका लागि प्रयागराजमा रहेको सबै स्कुल-कलेजका विद्यार्थीहरुलाई तीन दिनसम्म बिदा दिएका छन् ।

यस शहरमा आउने सबै सवारीसाधनलाई प्रवेश दिइएको छैन । मेलामा आउने सबै भक्तजनहरुले ई रिक्शामा चढेर आउनु पर्ने नियम समेत बनाएका छन् । 

मेलामा १२ करोड भक्तजनहरु आउन सक्ने

यस मेलामा १२ करोड भक्तजनहरु आउन सक्ने बताइएको छ । ४९ दिनसम्म चल्ने कुम्भ मेलामा १० लाख विदेशी भक्तजनहरु पनि सहभागी हुनेछ । उत्तर प्रदेश सरकारले कुम्भ मेलालाई अहिलेसम्मको भब्य मेला बनाउन लागि परिरहेको छ ।

कुम्भ मेला आयोजना भइरहेको प्रयागराजमा ब्रह्माण्डको उत्पती भएको र उहि स्थानमा पृथ्वीको केन्द्र भएको बताइएको छ । इतिहासविद्का अनुसार सृष्टि निर्माणको पहिलो ब्रह्माजीले यसै स्थानमा अश्वमेघ यज्ञ गरेको थियो । 

कुम्भ मेलाको जिल्लाअधिकारी विजय किरण आनन्दले यो पटक मेलाको क्षेत्र करिब ४५ वर्ग किलोमिटरसम्म फैलिएको बताएका छन् । साथै उनले अघिल्लो पटकको मेलामा मात्र २० किलोमिटर मात्र रहेको पनि जानकारी दिए । 

‘मेलाको क्षेत्रफल बढाईसँगै मानिसहरुको भिडलाई नियन्त्रण लिन पनि अलि सजिलो भएको छ, भीडको दवाव कम हुनुका साथै स्नान गर्न पनि भक्तजनलाई सहज हुनेछ’, उनले भने । 

प्रयागराजमा बनाइयो अस्थायी शहर 

कुम्भ मेलाका दौरान प्रयागराजमा पालहरु टागेर अस्थायी शहर बनाएको छ । सरकारी तथ्याङका अनुसार मेलामा यस वर्ष ४ हजार करोड भन्दा बढी रकम खर्च भइसकेको छ ।

साधुसन्तका बसेको १३ ठाउँमा शाही स्नानका लागि समय तोकिएको समेता बताइएको छ । 

कुम्भ मेला अधिकारी विजय किरण आनन्दले दिएको जानकारी अनुसार जनवरी १५ को पहिलो शाही स्नान बिहान सवा ५ बजेदेखि शुरु हुनेछ । सबैलाई स्नानका लागि ४५ मिनेटको समय तोकिएको छ । शाही स्नान साझ ४ बजेसम्म रहेको छ । 

शाही स्नानका लागि साधुसन्तहरु सुनचाँदीको पाला लिएर हात्ती वा घोडामा बसेर स्नान गर्छन् ।

 कुम्भ मेला सम्बन्धि पुस्तक लेखिसकेका वरिष्ट पत्रकार रतिभान त्रिपाठीले भने, ‘शाही स्नानको राजयोग स्नान पनि भनिन्छ, जसमा साधुसन्तले पवित्र नदीमा तोकिएको समयमा डुबुल्की मार्नेछ ।

शुभमुर्हूतको बेला नदीमा स्नान गर्नेलाई अमर हुने वरदान मिल्नेछ, कुम्भ मेलाका दौरान शाही स्नानपछि पनि सर्वसाधरणहरुले स्नान गर्ने पाउनेछन् ।’ 

मंगलवार एक करोड दर्शकहरुकोे स्नान 

कुम्भ मेलामा अधिकारी आनन्दले दिएको जानकारी अनुसार आज एक करोड भक्तजनहरुले शाही स्नान गर्ने बताएका छन् ।

भक्तजनहरु आउने क्रम धेरै भएको भन्दै रेलवेमा विशेष ट्रेन सञ्चालन गरिरहेको पनि उनले जानकारी दिए । साथै सडकबाट आउनेहरुका लागि पनि विषेश बस सेवा सञ्चालन गरिएको बताए। 

त्यस्तै प्रशासनले पनि भक्तजनहरुलाई कडा सुरक्षा दिइरहेको छ ।

उत्तरा खण्ड राज्यका डीजीपी ओपी सिंहले बताए, ‘सुरक्षालाई मध्यनजरमा राख्दै एअर सर्विलास र हवाई स्नाइपर्सको मदत लिइरहेका छौँ, २२ हजार प्रहरी र आर्मीको ८० बटालियनलाई परिचालन समेत गरेका छौँ ।’ 

प्रशासनका अनुसार मेला क्षेत्रमा खुला रुपमा दिसापिसाव गर्न पाइने छैनन् । यस क्षेत्रमा २ लाख ५० हजारभन्दा बढी शौचालयको निर्माण गरिएको छ । यसअघि भएको कुम्भ मेलामा शौचालयको कमी हुँदा दुगन्ध बढेको भन्दै गुनासो आएको पनि प्रशासनले जानकारी दिएको छ । 

भारतमा चार स्थानमा कुम्भ मेला आयोजना हुँदै आइरहेको छ । प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा मेला आयोजना हुने बताइएको छ । हरेक १२ वर्षमा कुम्भ मेला आयोजना हुँदै आइरहेको छ भने ६ वर्षमा अर्धकुम्भ मेला हुनेछ ।

विभिन्न एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?