सरकारको लागि खर्चको जोहो गर्दै राष्ट्र बैंक : सोमबार ३० अर्बको टेजरी बिल जारी हुने

लोकपथ
105
Shares

काठमाडौं । सरकारको लागि आन्तरिक खर्च जुटाउन नेपाल राष्ट्र बैंकले भोलि सोमबार ऋणपत्र अर्थात ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले खरिद गर्न पाउने गरी बोलकबोलको माध्यमद्धारा पुरानो र नयाँ समेत गरी गरी कुल ३० अर्ब १८ करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म बोलकवोलको माध्यमद्धारा पुरानो नविकरण अन्र्तगत १८ अर्ब १८ करोड र नयाँ १२ अर्ब रुपैंयाँ समेत गरी उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । ट्रेजरी बिलको जारी मिती बैशाख २६ गते तोकिएको छ । बिक्री गरिने कुल ट्रेजरी बिल मध्य २८ दिने अवधिको तीन अर्ब रुपैंयाँको टे«जरी बिल पुरानो नविकरण अन्र्तगतको रहेको छ ।

यसबाहेक ९१ दिने अवधिको कुल १२ अर्ब १० करोड मध्ये सात अर्ब १० करोड पुरानो नविकरण अन्र्तगत र पाँच अर्ब नयाँ, एक सय ८२ दिने अवधिको कुल नौं अर्ब मध्ये छ अर्ब पुरानो नविकरण अन्र्तगत र बाँकी तीन अर्ब नयाँ र तीन सय ६४ दिने अवधिको कुल छ अर्ब आठ करोड मध्ये दुई अर्ब आठ करोड पुरानो नविकरण अन्र्तगत र बाँकी चार अर्ब नयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार यि टे«जरी बिलहरुको परिपक्व हुने अवधि क्रमशः २०८० जेठ २३ गते, २०८० साउन २३ गते, २०८० कात्र्तिक २१ गते र २०८१ बैशाख २५ गते तोकिएका छन् ।

यसअघि यही बैशाख १७ गते पनि राष्ट्र बैकले पुरानो र नयाँ समेत गरी सरकारको लागि २७ अर्ब १० करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरी आन्तरिक ऋण उठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?