काठमाडौं। संवैधानिक परिषद्को बैठक आज (सोमबार) बस्दै छ । परिषद्को बैठक साँझ ६ बजे
बस्नेछ ।
प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । गत बैठकको निरन्तरताको स्वरूप आजका लागि बैठक बोलाइएको हो ।
संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेशनका अन्तिम समयमा संवैधानिक परिषद् सम्बन्धी (संशोधन) विधेयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया