काठमाडौं । उडान भरिरहेको श्री एयरलाइन्सको विमानमा समस्या आएको छ । गौतम बुद्ध विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि विमान पुन: गौतम बुद्ध विमानस्थलमा ल्याण्ड गरेको छ ।
एसएचए ८२२ कल साइनको विमानको काठमाडौं उड्ने तालिका ७ः५५ मा भएपनि डिलेका कारण विमानले ९:४० बजे उडान भरेको थियो । उडान भरेको करिब २० मिनेटपछि विमानमा प्राविधिक समस्या देखिएको थियो ।
विमानमा ७२ जना यात्रु सावार रहेका थिए । विमानले गौतम बुद्ध विमानस्थलमा सामान्य रूपमै ल्याण्ड गिरसकेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया