काठमाडौं । भारतको राजस्थानको हनुमानगढमा मिग २१ लडाकु विमान दुर्घटनामा परेको छ । दुर्घटनामा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने दुई घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । लडाकु विमानका पाइलट र को-पाइलट दुवै सकुशल छन्।
भारतीय वायुसेनाको लडाकु विमान एउटा घरमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाका क्रममा पाइलटले प्यारासुटबाट हाम फालेर आफ्नो ज्यान बचाएका थिए । तर विमान घरमा खसेपछि वरपरका मानिसहरू त्यसको चपेटामा परे। दुर्घटनामा हालसम्म २ जना गाउँलेको मृत्यु भएको छ ।
घटनास्थलमा पिलिबंगा प्रहरी र सेनाको हेलिकप्टर सहयोगका लागि पुगेको छ । अहिले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
Rajasthan: हनुमानगढ़ में मिग 21 फाइटर जेट क्रैश; दो ग्रामीणों की मौत, पायलट सुरक्षितhttps://t.co/QDO0olb1AM pic.twitter.com/vX0KP40hve
— Amar Ujala (@AmarUjalaNews) May 8, 2023
भारतीय वायुसेनाका पाइलटले विमान गाउँको बाहिरी भागमा ल्याए, घना बस्तीमा विमान खसेको भए ठूलो दुर्घटना हुन सक्ने थियो ।
उडेको १५ मिनेटपछि विमानमा समस्या आएको थियो। प्राविधिक गडबडीका कारण उडान भरेको १५ मिनेटपछि पाइलटले विमानको नियन्त्रण गुमाए । विमानका पाइलट र को-पाइलट दुवै विमानबाट हामफालेका थिए जसका कारण उनीहरु बाँच्न सफल भए । तर बस्तीमा बनेको कच्चा घरमा विमान खसेपछि ग्रामीण महिलाको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया