सुनको मूल्य ६ वर्ष यताकै उच्च

काठमाडौं । मंगलवार सुनको मूल्य ६ वर्ष यताकै उच्च रहेको छ । 

मंगलवार तोलाको ६१ हजारमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान महासंघको छ । 

सोमवार प्रति तोला ६० हजार ६ सयमा करोबार भएको छापावाल सुनको भाउ मंगलबार ४ सयले बढेर ६१ हजार पुगको छ ।

त्यस्तै तेजावी सुन ६० हजार ७ सयमा करोबार भइरहेको छ ।

यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मूल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको छ । 

सोमवार प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइहरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?