काठमाडौं । युक्रेनमा रुसमा निर्मित एस-४०० एयर डिफेन्स सिस्टम पठाउन अमेरिकले गरेको प्रस्ताव टर्किले अस्वीकार गरेको टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले आइतबार बताएका छन् ।
वाशिङ्टनले टर्किले सो रक्षा प्रणालीको नियन्त्रण अमेरिका वा अन्य कुनै देशलाई सुम्पिनुपर्ने सुझाव दिएको पनि अर्द्ध आधिकारिक एनाडोलु एजेन्सीले काबुसोग्लुलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
उनका अनुसार ती प्रस्तावहरू टर्किका लागि अस्वीकार्य थिए किनभने तिनीहरू टर्किको सार्वभौमसत्तासँग प्रत्यक्ष सरोकार राख्ने विषय हुन् । वाशिङ्गटनले पछि टर्किलाई एफ-३५ लडाकु विमानको आपूर्ति रोकेपछि टर्किले रुस निर्मित प्रणाली खरिद गरेको थियो । सो कदमपछि टर्किमाथि प्रतिबन्ध लगाइएको थियो।
यसैबीच विकसित घटनाक्रमले संयुक्त राज्य अमेरिका र टर्कि बीच तनाव बढ्ने दिशातर्फ गएको टिप्पणी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया