काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपुर्ण केवल कार प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अन्नपुर्ण केवल कारमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । साथै पोखरा स्थित सिटिजन्स बैंकका शाखाहरूमा नयाँ खाता खोल्नुहुने ग्राहकहरूका लागि अन्नपुर्ण केवल कारको टिकट निशुल्क उपलब्ध हुने छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया