गोजुरियो कराँते टोली बंगलादेश प्रस्थान

काठमाडौं । आमन्त्रण अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली गोजुरियो कराते टोली आज ‘बुधवार’ बंगलादेशको ढाका जाने भएको छ ।

खेलाडीमा रामकुमार गिरी, सुजनकुमार गिरी, सन्देशकुमार थारु, करिना पुरी, अप्सरा लम्साल, सारदा सुनार, आशिष कार्की, रुपेश श्रेष्ठ, कृतन महर्जन, बरुण तामाङ, रेश्मा तामाङ र रमेश घलान रहेका छन् ।

टोली नेतामा नेपाल गोजुरियो कराँते डो संघका महासचिव बलराम मित्र छन् । जनवरी १७ र १८ तारिखमा हुने प्रतियोगितामा सानुबाबु गिरी र रामकुमार श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

मलेसियामा सेप्टेम्बर १७ देखि २२ तारिखसम्म हुने पाँचौं विश्व गोजुरियो कराँते प्रतियोगितालाई मध्यनजर गरी टोलीलाई प्रतियोगितामा सहभागी गराउन लागिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?