काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन बैठकले २०२३ को बजेट पारित गरेको छ । एन्फा बैठकले २०२३ को लागि ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँको बजेट परिमार्जनसहित पारित गरेको छ।
सोमबार एन्फा कम्प्लेक्समा बसेको आकस्मिक कार्यसमितीको बैठकले फिफाको सहयोगमा प्राप्त हुने फिफा फरवार्ड २.० को प्रोजेक्ट फन्डिङको बजेट अपरेशन शिर्षकमा रहेको बजेट रकमान्तरण गर्न फिफालाई अनुरोध गर्ने निर्णय गरेको छ।
यस्तै, फिफा फरवार्ड ३.० को (२०२३-२६) सम्म चल्ने प्रोजेक्ट फन्डिङको सिएओ पारित गरि रणनितिक प्लानलाई पुनरावलोकन गर्ने निर्णय गरेको छ।
यस्तै, एन्फा अन्तर्गत स्थानिय सरकार तथा सरोकारवालाहरुसँगको सहकार्यमा न्युनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लवहरुले सञ्चालन गरेको एकेडेमी निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया