ह्यारी केनले २ महिनासम्म खेल नखेल्ने

एजेन्सी । इंग्ल्याण्ड तथा टोट्नह्यामका स्ट्राइकर ह्यारी केन केही समयको लागि मैदान बाहिर रहने भएका छन् । 

खुट्टाको एन्कलमा चोट लागेपछि केन करिब दुई महिना मैदान बाहिर रहने भएका हुन् । जारी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडविरुद्धको खेलका दौरान केन घाइते भएका थिए । उनले देब्रे खुट्टाको एन्कलको लिगामेन्ट च्यातिएको बताइएको छ ।

केन चोटमुक्त हुन आगामी मार्च महिनासम्म लाग्ने जनाएको छ । २५ वर्षिय स्ट्राइकर केन मैदानबाहिर रहने भएपछि जारी इंग्लिस प्रिमियर लिगमा टोट्नह्याममा केही समस्या देखिन सक्ने समेत भएको छ । जारी लिगमा टोट्नह्याम लिगको तेसे स्थानमा छ ।

लिगको शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा टोट्नह्याम ९ अंकले पछाडि रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?