काठमाडौं । भारतको मध्य प्रदेशको खरगोन जिल्लामा भयानक दुर्घटना भएको छ । दुर्घटनामा १६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
बोराद खोलामा बनेको पुलबाट यात्रुबाहक बस सिधै तल खसेको थियो । दुर्घटनामा चालक, अपरेटर र क्लिनरको पनि मृत्यु भएको बताइएको छ ।
घटनामा २५ जना घाइते भएको बताइएको छ । दुर्घटनाको कारण बसको तीव्र गति रहेको अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया