तामाकोशीले शेयरधनीहरुलाई साधारण शेयरको आभैतिकरण गर्न निर्देशन

काठमाडौं। माथिल्लो तामाकोशीले शेयरधनीहरुलाई साधारण शेयरको आभैतिकरण ‘डिम्याट’ गर्न निर्देंंशन दिएको छ ।

उक्त कम्पनीले सञ्चय कोषबाट सञ्चयकर्ताहरुको लागि २ करोड ५४ लाख १६ हजार कित्ता निष्काशन गरेको थियो । तर, डिम्याट गर्ने प्रणालीभ भने भर्खरै लागु गरिएको जनाएको छ । माथिल्लो तामाकोशी कम्पनीले तीन वर्षसम्म लकिङ पिरियड तोकेको थियो। तर, लकिङ पिरियड सकिएकाले  सञ्चयकर्ताले दोस्रो बजारमा कारोबार गर्न पाउने छन् । 

सबै भन्दा पहिला शेयर प्रमाणपत्रलाई अभौतिकरण गरेर  मात्र दोस्रो बजारमा कारोबार गर्न पाउने भएकाले  आफ्नो शेयर प्रमाणपत्रलाई डिम्याट गर्न कम्पनीले सूचना जारी गरेको हो।

शेयरधनीले हितग्राही खाता भएको संस्थामा गएर सञ्चयकर्ताहरुले आफ्नो शेयर प्रमाणपत्र डिम्याट गर्न सक्ने छन्। डिम्याट भएसँगै दोस्रो बजारमा कारोबार गर्न सक्ने छन् ।रजिष्ट्रारको रुपमा कम्पनीले शेयर सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।  

कम्पनीले नेपाल स्टक एक्चेन्ज ‘नेप्से’मा १० करोड ५९ लाख कित्ता प्राथमिक शेयर सूचीकृत गरी कारोबार शुरु गरिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?