काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकले लगानीको प्रस्ताव गरेको छ । राष्ट्र बैंकले अबकाश कोष अन्र्तगत रहेको कर्मचारी सुरक्षण कोषका २३ करोड रुपैंयाँ तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०८० जेठ तीन गतेदेखि २०८१ जेठ तीन गतेसम्मको लागि लगानी प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकका अनुसार यसरी मुुद्धती निक्षेपको रुपमा लगानी गरिने कुुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि १८ करोड ४० लाख, बिकास बैंकहरुको लागि तीन करोड ४४ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड १५ लाख रुपैयाँ लगानीको प्रस्ताव गरिएको छ ।
रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख २७ गते सम्ममा नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने लगायतका न्युनतम शर्तहरु तोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया