एन्फाले चार जिल्ला फुटबल संघलाई कारवाही गर्ने तयारी, बिहीवार कार्य समितिको बैठक बस्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले आन्दोलनरत चार जिल्ला फुटबल संघलाई कारवाही गर्ने तयारी गरेको छ । 

वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वविरुद्ध संलग्न रहेको भन्दै एन्फाले चार जिल्लाको फुटबल संघलाई कारवाही गर्न लागेको हो । एन्फा निर्वाचनका बेला व्यापक रुपमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै चार जिल्ला फुटबल संघले वर्तमान एन्फा नेतृत्वविरुद्ध आन्दोलन गर्दै आइरहेको थियो । 

त्यस्तै ‘एन्फा’ले यसअघि नै आन्दोलनरत चार जिल्ला फुटबल संघका पदाधिकारीहरुलाई स्पष्टिकरण समेत मागेको थियो । आन्दोलनरत चारै जिल्लाका पदाधिकारीहरुले स्पष्टिकरण बुझाइसकेको एन्फा श्रोतले जानकारी दिएको छ ।

यता ‘एन्फा’को भोली ‘बिहीवार’ बस्ने कार्य समितिको बैठकले कारवाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ । कार्य समितिको बैठकले संघको वार्षिक बजेट लगायत विभिन्न विषमा निर्णय गर्ने तयारी गरिरहेको छ । 

वर्तमान एन्फाको कार्यसमितिले पछिल्ला ९ महिनामा आर्थिक अनियमितता तथा अपारदर्शीता गरेको भन्दै काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघले आरोप लगाएको थियो ।

चारै जिल्ला फुटबल संघले अध्यक्ष शेर्पा नेतृत्वविरुद्ध १४ बुँदे आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय, एएफसी र फिफामा उजुरी दिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?