डा. केसीको उपचारका लागि उपकरणसहितको विशेषज्ञ टोली इलाम प्रस्थान

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपकरणसहितको विशेषज्ञ चिकित्सा टोली इलाम प्रस्थान गरेको छ ।

इलाममा गत पुस २५ गतेदेखि १६ औँ अनसन शुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्न थालेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा उक्त टोली इलामतर्फ लागेको हो ।

प्रतिष्ठानका डा. विकास शाहको नेतृत्वमा कार्डियोलोजी विभागका डा. प्रशान्त शाह, इमर्जेन्सी विभागका डा. अजय यादव मेडिसिन, आईसीयुका डा. सविन भण्डारीलगायत ल्याव टेक्नीसियन, नर्ससहितको टोली एम्बुलेन्समा इलामका लागि हिँडेका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?