काठमाडौं । नेकपा एमालेले पार्टी सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।
एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका उनले कानुनलाई नसघाएको भन्दै सो प्रकरणमा अन्तिम टुंगो नलागेसम्मका लागि निलम्बन गरेको हो ।
एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी गराएका हुन् ।
‘राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
आफूमाथि आरोप लागेपछि व्यक्ति स्वंयले नै कानुनलाई सघाउनुपर्ने तर पार्टी नेतृत्वलाई नै जानकारी गराए पनि नेतृत्वलाई दिएको विश्वास विपरित अहिलेसम्म प्रहरीमा उपस्थित नभएको भन्दै निलम्बन गरेको हो ।
एक हप्ताअघि नै उनीमाथि पक्राउ पुर्जी जारी गरिए पनि अझै उनी फरार अवस्थामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया