काठमाडौं । मध्यचीनको हेनान प्रान्तको सान्मेन्क्सिया शहरमा रहेको कोइला खानीमा मङ्गलबार बिहान भएको आगलागीमा परी पाँच जना अझै बेपत्ता रहेको कम्पनी स्रोतले जनाएको छ ।
बेपत्ता पुष्टि भएका पाँच जना बाहेक, गेङ्कुन खानीमा रहेका अन्य सबै कर्मचारीलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । बिहीबार बिहान ०९ बजेसम्म आगो निभ्न सकेको थिएन ।
उद्धारका निम्ति विज्ञ समूह खानीमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया