काठमाडौं । भारतको आगरामा प्यारासुट जम्पिङ गर्ने क्रममा ठूलो दुर्घटना भएको छ । मालपुरा प्रहरी चौकी क्षेत्रमा प्यारासुट जम्प गर्ने क्रममा कमाण्डोको प्यारासुट हाइटेनसन लाइनमा अड्केको थियो ।
हाइटेनसन लाइनमा प्यारासुट र मानिस अड्केको देखेपछि किसानले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले प्यारासुटमा रहेका कमाण्डो अंकुर शर्मालाई उद्दार गरेर उपचारका लागि सैनिक अस्पताल लगेका थिए । तर उपचारका क्रममा उनको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया