रियल म्याड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बुधवार राति सम्पन्न भएको प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेलमा रियल म्याड्रिड लेगानेससँग १-० गोल अन्तरले पराजित भएपनि समग्रमा ३-१ को जीत निकाल्दै अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगको खेलमा ३-० जीत निकालेको रियल म्याड्रिड दोस्रो लेगको खेलमा भने लेगानेसको मैदानमा पराजित भएको हो । खेलको ३० औँ मिनेटमा लेगानेसका लागि मार्टिन ब्रेथवेटले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

निर्धारित समयसम्म रियलले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहोर्यो । यता एथ्लेटिको म्याड्रिड भने जिरुनासँग अवे गोलको आधारमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

दोस्रो लेगको खेलमा म्याड्रिडले जिरुनासँग ३-३ गोलको बराबरी खेलेको थियो । त्यस्तै अर्को खेलमा सेभियाले एथ्लेटिको बिल्बाओलाई ३-२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा पुगेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?