परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

लोकपथ
0
Shares

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएकाे छ । शुक्रबार बंगलादेशको ढाकामा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच द्वीपक्षीय भेटवार्ता भएकाे हाे ।

शुक्रबारदेखि ढाकामा सुरू भएकाे ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी भएका उनीहरूकाे भेटवार्ता भएकाे हाे ।

भेटघाटमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच व्यापार, पारवहन, कनेक्टिभिटी र जनस्तरकाे सम्बन्धकाे सहकार्यबारे छलफल भएकाे बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?