पढाई र खेलकुद सँगसँगैः न्यू डायमण्डको नौलो प्रयास, विद्यार्थी र समुदायले भने ‘कृतज्ञ छौँ ‘ (भिडियो सहित)

समृद्ध नेपाल निर्माणको लागि सक्षम नेपालीको खाँचो छ । त्यहि आवश्यकतालाई मध्यनजरमा राख्दै कोरा किताबी ज्ञान र प्रमाणपत्रका खात भन्दा पनि दक्ष, सिर्जनशिल, प्रतिस्पर्धी, असल, सफल युवाहरु उत्पादन गर्नुपर्छ भन्ने लक्ष्यका साथ  वि.सं २०६२ सालमा स्थापना भएको न्यू डायमण्ड एकेडेमी आफ्ने १३ औं वर्षमा छ । 

देशप्रेमी राष्ट्रसेवक युवा उत्पादन नारामा मात्रै सिमित गरेर हुँदैन । त्यो नविनतम सोँचकोे हिस्सेदार विद्यालय पहिलो पनि एउटा हिस्सेदार बन्न सक्छ । यदि हो भने किन ढिलाई गर्ने प्रिन्सिपल कुमार राईको मनमा यो भावले चिमोट्यो । 

विद्यालयमा विद्यार्थीहरुले पाउने राम्रो वातावरणले नै उनीहरुलाई असल र समाजप्रति जिम्मेवारीवोध र उत्तरदायी हुन प्रेरणा मिलेको छ । 


यस सन्दर्भमा न्यू डायमण्ड एकेडेमी हाई स्कूलले भिन्न र पृथक तरिकाले शैक्षिक विकास गर्दै आएको छ । फरक तरिकाको शैक्षिक अभ्यासका कारण पनि यस विद्यालय प्रति विद्यार्थीहरु कृतज्ञ देखिए । 

हरेक बालबालिकामा फरक किसिमको क्षमता हुन्छ भन्ने कुरालाई यस विद्यालयले बुझेर आवश्यक परामर्श सञ्चालन गर्ने गरेको छ । विद्यार्थीको अन्तरनिहित क्षमता र संभावनालाई पुरा गर्नको लागि विद्यालयले विभिन्न अतिरिक्त कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

नर्सरीदेखि दश कक्षासम्म पढाई हुने न्यू डायमण्ड एकेडेमी भौतिक संरचनाको आधारमा सानो देखिन्छ । तर, यो स्कूलको सफलताका कथाहरु धेरै छन् ।

पढाई र खेलकुद दुवैमा अब्बल सावित भएको यस विद्यालयले राष्ट्रिय स्तरको भलिबल खेलाडिहरु उत्पादन गर्दै आएको छ । 

वि.सं २०६२ वैैशाख ५ गते चन्द्रागिरि नगरपालिका– १३ पुरानो नैकाप, काठमाडौंमा स्थापना भएको यो स्कूलमा तीन सय ७५ विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । तिनै विद्यार्थीहरुको अध्ययन र व्यक्तित्व विकासमा अहोरात्र खटिएका छन् ३२ जना शिक्षक/शिक्षिका । 

अध्ययन र अध्यापनमा कुनै पनि कमि नहोस् भन्नको लागि यस विद्यालयमा कम्युटर ल्याव, पुस्तकालयको पनि राम्रो व्यवस्था छ । न्यू डायमण्ड एकेडेमीले अतिरिक्त क्रियाकलाप मात्रै सञ्चालन गर्ने गरेको छैन । विद्यार्थीको भविष्य निमार्णमा पनि निकै महत्पूर्ण भुमिका खेल्दै आएको छ ।

प्रतिभा मालि, ललिता नाथ, पनामिका राई जस्ता राष्ट्रिय भलिबल खेलाडिहरु पनि न्यु डाइमण्डकै उत्पादन हुन् ।

प्रतिभा मालि, ललिता नाथ, पनामिका राई जस्ता राष्ट्रिय भलिबल खेलाडिहरु पनि न्यु डाइमण्डकै उत्पादन हुन् ।

उप-प्रधानाध्यापक देवी प्रसाद राई भन्छन्, “नयाँ कुरा जान्नको लागि पढ्नुपर्छ  । स्वस्थ्य शरिरले मात्रै स्वस्थ किसिमको सञ्चार गर्छ । त्यसैले हामीले विद्यालयमा खेलकुदको राम्रो वयवस्था मिलाएका छौँ ।” 

उनी थप्छन्, “भौतिक संरचना पनि विद्यालयको लागि अपरिहार्य कुरा हो । त्यसैले हामीले भएका भौतिक संरचनामा सिकाई प्रक्रिया जारी राखेका छौँ भने आगामी दिनमा अझ  राम्रो बनाउँदै लैजाने सोँच छ । बालबालिकाको ईच्छा र आवश्यकतालाई सोहि अनुरुप सम्बोधन गर्ने छौँ ।” 

विद्यार्थीको सहजताको निम्ति विद्यालयले यातायात र चमेनागृहको पनि व्यवस्था गरिएको छ । अभिभावक विद्यालयप्रति कृतज्ञ छन् । 

विद्यार्थीहरुलाई मेसिन जस्तै कक्षाकार्य र गृहकार्य मात्र गराउन नहुने विषयमा स्कूल सचेत रहेको प्रधानाध्यापक राई बताउँछन् । 

अध्ययन गर्छु भन्ने दृढ इच्छा भएर तापनि विभिन्न प्राकृतिक विपत्ती तथा गरिबीका कारण नियमित पठनपाठन क्रियाकलापमा सहभागि हुन नपाएका बालबालिकाहरुलाई छात्रवृत्तिको पनि व्यवस्था गरेको छ स्कुलले । 

अध्ययन गर्छु भन्ने दृढ इच्छा भएर तापनि विभिन्न प्राकृतिक विपत्ती तथा गरिबीका कारण नियमित पठनपाठन क्रियाकलापमा सहभागि हुन नपाएका बालबालिकाहरुलाई छात्रवृत्तिको पनि व्यवस्था गरेको छ स्कुलले । 

समुदायमा नमुना विद्यालयको रुपमा स्थापित न्यू डाइमण्ड एकेडेमी बहुआयामिक छ । किन कि यहाँका संस्थापक, शिक्षक, कर्मचारी निरन्तर संस्थाको साख उच्च राख्न प्रयासरत रहेको अभिभावक अरुन कुमार श्रेष्ठको भनाई छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?