हर्ट एट्याकको समाचारपछि ऋचाको प्रतिक्रिया – ‘म ठीक छु’

काठमाडौं । बिहीवार साँझ नायिका ऋचा शर्मालाई हृदयाघात भएको समाचार बाहिरिएपछि नायिका ऋचा शर्मा सिकिस्तै बिरामी परेको उनका फ्यानले अड्कल काटे । तर, ऋचाले भने सामान्य चेकअपका लागि अस्पताल गएको तर आफूलाई हृदयाघात नभएको र आफ्नो अवस्था सामान्य भएको बताएपछि उनका सुभचिन्तक ढुक्क भएका छन् ।

नर्भिक अस्पतालले बिहीवार मुटुमा समस्या देखिएपछि ऋचा शर्माको उपचार भइरहेको बताएको भन्दै केही मिडियामा समाचार आएको थियो । ऋचाले भने आफूलाई हर्ट एट्याक नभएको बताएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबूकको प्रयोग गर्दै आफू सकुशल रहेको र सामान्य चेकअपका लागि अस्पताल गएको बताएकी छिन् ।

पछिल्लो समय फिल्ममा खासै जम्न नसकेकी ऋचा महिला हिंसाका विभिन्न विषयमा भने खुलेर लागेकी छिन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?