सोमबार पुन: २४ अर्ब ७४ करोड रुपैयाँँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

लोकपथ
63
Shares

काठमाडौं । भोलि (सोमबार) नेपाल राष्ट्र बैंकले पुन: २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म बोलकबोलको माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

जेठ दुई गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् ।

राष्ट्र बैंकका अनुसार भोलि बिक्री हुने कुुल ट्रेजरी बिल मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको नौं अर्ब ८५ करोड ५० लाख र तीन सय ६४ दिने अवधिको एक अर्ब ८९ करोड रुपैंयाँ बराबरको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० जेठ ३० गते, २०८० साउन ३० गते, २०८० कात्र्तिक २८ गते र २०८१ जेठ एक गते राष्ट्र बैंकको भनाई छ ।

यि ट्रेजरी बिलहरमा १८ अर्ब ७४ करोड ५० लाख रुपैंयाँ बराबरको ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगतका रहेका छन भने ९१ अर्बको ट्रेजरी बिल मध्येमा छ अर्बको ट्रेजरी बिल भने नयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार यसअघि यही बैशाख २५ गते पनि ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?