सेनाको सफा हिमाल अभियान टोलीका १० जनाले गरे सगरमाथाको सफल आरोहण

लोकपथ
49
Shares

काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियान टोलीका १० जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारी, सह सेनानी बिष्णुबल राई, सह सेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुवंर र प्युठ किशोर जबेगुसहितको टोली आइतबार बिहान १० बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनीहरुसँगै ओङ्‍छु शेर्पा लगायत पाँच जना शेर्पाहरुले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।

नेपाली सेनाको अगुवाइमा संचालन भइरहेको सफा हिमाल अभियानमा १० जनाको टोली संलग्न छ । यसअघि जैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए ।

गत चैत्र १४ गते जङ्गी अड्‍डामा आयोजित कार्यक्रममार्फत प्रधान सेनापति प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी अभियानको शुभारम्भ भएको थियो । अभियान टोलीले अन्नपूर्ण र सगरमाथाबाट करिब ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य राखेको छ । जसअनुसार हालसम्म ३२ हजार ३ सय ११ किलो फोहोर संकलन भईसकेको छ । यो अभियान विश्व वातावरण दिवसमा समापन हुने सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?