टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

लोकपथ
70
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि रायमाझीलाई अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

वैशाख २० गते नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको भएपनि उनी फरारह रहेका थिए । नेपाल प्रहरीले उनलाई हिजो (आइतबार) पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?