एजेन्सी । स्विस रोजर फेडेरर जारी अस्ट्रेलियन ओपन टेनिस च्याम्पियनसिपको चौथो चरणमा प्वेश गरेका छन् ।
मेलबर्न पार्कमा शुक्रवार भएको पुरुष एकलतर्फको तेस्रो चरणको खेलमा स्विस फेडेररले अमेरिकी टेलर फ्रिजलाई ३-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । फेडेररले फ्रिजलाई ६-२, ७-५ र ६-२ को सोझो सेटमा पराजित गरे ।
खेलको पहिलो र अन्तिम सेटमा सहजै जीत हात पारेका फेडेररलाई दोसे सेटमा भने फ्रिजले निक्कै कडा टक्कर दिएका थिए ।
३७ वर्षे फेडररले अब चौथो चरणको खेलमा ग्रिकका स्टेफोनोस सितसिपासको सामना गर्नेछन् । उनले तेस्रो चरणको खेलमा जर्जियाका निकोलोज बासिलासिभ्लीलाई ६-३, ३-६ र ७-६ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरे ।
शुक्रवार नै भएको अन्य खेलहरुमा क्रोशियाका टोमास बर्डिजले अर्जेन्टिनाका डिएगो सुर्जम्यानलाई ५-७, ६-३, ७-५ र ६-४ को सेटमा हराउँदै चौथो चरणमा प्रवेश गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया