काठमाडौं । बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । गत वैशाख २७ गते रातीको आगलागीबाट पीडित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ निवासी कमला केसीको परिवारलाई अस्थायी आवास निर्माणका लागि सांसद तामाङले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
सांसद तामाङ र कांग्रेस नेता प्रकाश सापकोटाको पहल र समन्वयमा उक्त रकम राम श्रेष्ठले सहयोग गरेका थिए । सिन्धुपाल्चोक स्थायी घर भएका श्रेष्ठ हाल अमेरिकामा रहेका छन् ।
गत शनिबार प्रदेश सभा सदस्य तामाङले आगलागी पीडितका लागि जीवनयापनका लागि अत्यावश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री सहयोग गरेका थिए ।
श्रेष्ठले पठाएको सहयोग रकम हस्तान्तरण गर्दै तामाङले आगमी दिनमा आवश्यकता परेमा पु्नः सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
यसैगरी, आर्थिक संकटका कारण आत्महत्या गरेका मेलम्ची ११ का गुरुप्रसाद दुलालको परिवारलाई पनि प्रदेश सभा सदस्य तामाङले ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । उक्त रकम पनि श्रेष्ठले नै उपलब्ध गराएका थिए ।
केही महिना अघि आर्थिक संकट परेको भन्दै लामो सुसाइट नोट लेखेर आत्महत्या गरेका दुलालको परिवारको आर्थिक अवस्था सुधार्नका लागि सहयोग संकलन अभियान सञ्चालन भइरहेको छ । उक्त अभियानलाई साथ दिन तामाङले पनि पहल गर्दै आएका थिए ।
यसअघि उनले गुरुप्रसादकी कान्छी छोरीको अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धतासमेत जनाइसकेका छन् ।
त्यस्तै, हेलम्बु ५ कल्लेरीका आगलागी पीडित रेक्पा तामाङको परिवारलाई पनि तामाङले सहयोग रकम हस्तान्तरण गरेका छन् । अमेरिकाबाट श्रेष्ठले पठाएको २५ हजार रुपैयाँ रकम तामाङले पीडितको घरमा पुगेर हस्तान्तरण गरेका हुन् ।
तामाङको गत वैशाख ३० गते गोठमा आगलागी भइ लैनो भैंसी मर्नुका लागि गोठ पूर्ण रुपमा ध्वस्त भएको थियो । भने, तामाङ घाइते भएका छन् । घाइते को उपचार तथाबस्तुचौपाया खरिदको लागि उक्त रकम सहयोग गरिएको सांसद तामाङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया