काठमाडौं । धेरै गुगल प्रयोगकर्तालाई के लाग्न सक्छ भने गुगल भनेको केवल इन्टरनेट मात्र हो अथवा यो एउटा सर्च इन्जिन मात्र हो । तर पछिल्लो समय गुगल अझै स्मार्ट बन्दै गएको छ ।
गुगलले पछिल्लो समय सर्चको रिजल्ट मात्र देखाउँदैन । यसले कैयन् सवालको आफै उत्तर दिन थालेको छ । तस्वीर, वेब रिजल्ट त सामान्य नै भयो, यसले अन्य सुविधा पनि दिएको हुन्छ ।
आउनुस्, आज यसबारेमा जानौं ।
क्याल्कुलेटर, करेन्सी कन्भर्टर, टाइमर
गुगल प्रयोगकर्ताले कमै मात्र गुगलमा क्याल्कुलेटर प्रयोग गर्ने गर्छन् । यदि तपाईंलाई केही हिसाब गर्नुपर्ने छ भने तपाईंले सीधै गूगलमा क्याल्कुलेटर टाइप गर्दा हिसाब जोड्न मिल्ने क्याल्कुलेटर पाउनुहुनेछ ।
यस्तै गुगलले सर्चमा टाइमर पनि राखिदिएको हुन्छ । मिति पनि सहजै हेर्न सकिने गुगलमा सुविधा छ । यस्तै गुगलले करेन्सी कन्भर्टर तथा स्टप वाचको सुविधा पनि दिएको हुन्छ ।
गीतका लिरिक्स
गीतका बोल या लिरिक्स पनि गुगलले उपलब्ध गराउने गरेको छ । तपाईं जुनसुकै भाषाका गीतका बोल गुगलमा सर्च गर्नुस्, ती गीतको लिरिक्स पनि रिजल्टमा उपलब्ध गराउनेछ ।
सेलिब्रेटीको जानकारी
गुगलले नेपाली सेलिब्रेटीका बारेमा त्यति धेरै जानकारी नदिए पनि चर्चित देशका सेलिब्रेटीका बारेमा या उनीसँग जोडिएको कुराका बारेमा सीधै जानकारी उपलब्ध गराउने गर्छ ।
यसका लागि गुगलले कतिपय जानकारी विकिपिडियाबाट लिन्छ भने कतिपय जानकारी अन्य साइटबाट लिने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया