रेश्मा र आसिफको ‘इन्स्टाको फोटो’ नम्बर एकमा (भिडियो)

काठमाडौं । कालीप्रसाद बाँस्कोटाको स्वर रहेको पछिल्लो गीत ‘इन्स्टाको फोटो’ युट्युबको नम्बर एक ट्रेन्डिङमा आएको छ । वियोगको यो गीतमा आफ्नी पूर्वप्रेमिकाले प्रेमीको याद गरेको कुरालाई गीतका शब्दमा उनिएको छ ।

गीतमा कम्पोज र शब्द पनि गायक बाँस्कोटाकै छन् ।

गीतको भिडियोमा रेश्मा घिमिरे र आशिफ शाहको अभिनय देख्न सकिन्छ । जीट्वान्टीवानले उत्पादन गरेको यो गीतको भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् भने लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । गीतमा मनिष गन्धर्वको सारङ्गी, सन्नी सुनामको गितार र बिजु कर्माचार्यको मिक्सिङ रहेको छ ।

यस्तै गीतको भिडियोको निर्देशन असिम शाहले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?