काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टिकापुर हत्या काण्डको लाल आयोग लगायतका प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गर्दै नागरिक उन्मुक्तिले सो माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतको निर्णयको सम्मान गरेको बताए । साथै चौधरी लगायत राजबन्दीहरुलाई दोषी भए फाँसी दिए पनि हुने भन्दै आक्रोश व्यक्त गरे ।
‘रेशमलाल चौधरी लगायत राजबन्दी यदी हत्यारा नै हो भने फाँसीसम्बन्धी ऐन बनाएर रेशम चौधरीलाई फाँसी दिइयोस् ।’ उनले भने ।
त्यस्तै पञ्चायतपछि नेताहरुविरुद्ध लागेको मुद्दा सबै खारेज भएको जस्तै उनीहरुको मुद्दा खारेज गर्न समेत आग्रह गरे ।
सरकारले लाल आयोग सार्वजनिक नगरे आफूहरु आन्दोलन गर्न बाध्य हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया